ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खराब कर्जा संकलनमा वृद्धि भएसँगै साधना लघुवित्तको नाफा २.२७ गुणा वृद्धि

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं ।  साधना लघुवित्त वित्तीय संस्थाको नाफा चालू आवको पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव २७ गुणा वृद्धि भएको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ७६ लाख ६३ हजार नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. १ करोड ७४ लाख ६८ हजार पुगेको छ । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ५ लाखभन्दा बढी खराबकर्जा संकलनमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । चुक्तापूँजी रू. २१ करोड ७७ लाख ८० हजार रहेको कम्पनीले जगेडा कोषमा रू. ७ करोड ८३ लाख सञ्चित गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव शून्य ८, मूल्य आम्दानी अनुपात २५ दशमलव ४१, तरलता अनुपात १२ दशमलव ८९ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ९९ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्