ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धान खेती मासेर लगाइएको किबीले बागलुङका किसान मालामाल

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
Image Not Found

कात्तिक २८, बलेवा । स्थानिय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । 

उनले परम्परागत खेती नै गर्दै आएका थिए । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आमदानी गर्न थालेका छन् ।

वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम किबी विक्री गरेर पैसा लिन थालेपछि खुशीले गदगद बनेका छन् । 

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करीब रू. पाँच लाख खर्चेर ८० किबीका बिरुवा लगाएका छन् । बजारीकरणको समस्या नहोस् भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । 

‘अहिले झण्डै पाँच क्विन्टल किबी फलेको छ’, महेन्द्र भन्छन्, ‘६०/६२ बिरुवा मात्रै फल्दा त एकै वर्षमा लगानी उठ्ने देखियो ।’ खेतबाटै प्रति किलो ४०० रुपैयाँमा विक्री भएको भोलानाथ बताउँछन् । 

माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् । ‘कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन’, उनी भन्छन् । उनको किबी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्