ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उत्साहपूर्ण शेयरबजार : सातामा २० अर्बभन्दा बढीको कारोबार, परिसूचकमा ८२.३२ अंकको वृद्धि 

२०७७ कार्तिक, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । साताको पहिलो काराबार दिन आइतवारदेखि निरन्तर बढेर बिहीवार १ हजार ७१८ दशमलव ४९ अंकमा शेयर बजार बन्द भएको छ । 

यो साता बजार ८२ दशमलव ३२ अंक माथि उक्लिएको हो । साताको कारोबारलाई फर्केर हेर्दा बजारमा उत्साहपूर्ण कारोबार भएको देखिन्छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार त्यसपछि निरन्तर बढेको हो । 

साताको कारोबारमा दोस्रो दिन ४ दशमलव २२ अंकले बजार बढेको छ भने बाँकी दिन दोहोरो अंकले बढेको छ । पहिलो दिन १२ दशमलव ४९ अंक, तेस्रो दिन २५ दशमलव ९८ अंक, चौथो दिन २८ दशमलव ८९ अंक र पाँचौ तथा अन्तिम कारोबार दिन १० दशमलव ८२ अंकले बजार बढेको हो ।

परिसूचक उच्च अंकले माथि उक्लिएको यो साता बजारमा रू. २० अर्ब २४ करोड ८७ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको छ । यो साता कारोबार रकमले भने ऐतिहासिक रेकर्ड कायम गरेको देखिन्छ । 

साताको पहिलो कारोबार दिन रू. ३ अर्ब ५२ करोडभन्दा बढीको र दोस्रो दिन रू. ३ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो भने तेस्रो र चौथो दिन रू. ४ अर्ब ९ करोडभन्दा बढी र पाँचौ दिन रू. ४ अर्ब  ८२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ८ अर्ब २ करोड ५९ लाख ५१ हजार बढी भएको हो ।

यो साता गत साताभन्दा १ करोड ६८ लाख ९२ हजार ४६५ कित्ता बढी शेयर कारोबार भएको छ । गत साता ४ करोड ७६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड ६९ लाख ६९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । 

यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १४ दशमलव ५३ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३२६ दशमलव ३८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम दिन ३३८ दशमलव ८९ विन्दुमा पुगेको हो ।

साताको बजारमा देखिएको परिवर्तनको अवस्था :
                                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्