ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा २.६९ गुणा वृद्धि, वितरणयोग्य नाफा ५१ करोड ९१ लाख (वित्तीय विवरण सहित)

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । एनएमबि बैंकको नाफा चालू आवको पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासको भन्दा २ दशमलव ६९ गुणा वृद्धि भएको छ । 

शुक्रवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २७ करोड १८ लाख खुद नाफा गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. ७३ करोड २९ लाख पुर्‍याएको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १० प्रतिशत र सञ्चालन नाफा १५९ प्रतिशत वृद्धि भएको छ ।  

चुक्तापूँजी रू.१४ अर्ब ४४ करोड ७७ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ५ अर्ब ३५ करोड ७७ लाख, रिटेन्ड अर्निङमा रू. २ अर्ब ३४ करोड ५२ लाख र शेयर प्रिमियममा रू. १२ करोड १ लाख सञ्चित गरेको छ । 

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू.१ खर्ब ४० अर्ब १६ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू.१ खर्ब २७ अर्ब ५७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.५१ करोड ९१ लाख रहेको छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू.१० दशमलव ८४ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २० दशमलव ५८ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १९ दशमलव ८२, तरलता अनुपात २३ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव शून्य २ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्