ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटी एक्सप्रेस फाइनान्स कम्पनीको नोक्सानी बढ्यो

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा बढेको छ । 

गत आवको पहिलो त्रैमासमा कम्पनी रू. २५ लाख ६ हजार नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा नोक्सानी वृद्धि भएर रू. ५५ लाख १ हजार पुगेको छ । चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोषमा रू. १३ करोड ८७ लाख सञ्चित गरेको छ ।  

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १४ करोड ९६ लाख निक्षेप संकलन गरेर रू. १० करोड ६७ लाख कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा ५० प्रतिशत कमि आएको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४९ लाख ८३ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. २४ लाख ६० हजारमा सीमित भएको छ । 

नोक्सानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. ५ दशमलव ५५ ऋणात्मक रहेको छ । त्यसैगरी तरलता अनुपात ७ दशमलव ५९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ७० दशमलव ९४ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्