ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा लक्ष्मी बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी पनि घट्यो

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । लक्ष्मी बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव २८ प्रतिशत कमी आएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४० करोड १९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ३१ करोड २३ लाखमा सीमित भएको छ । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सो अवधिमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । 

गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू. १८ दशमलव ०२ रहेकोमा चालू आवको सोही अवधिमा रू. १२ दशमलव ७३ मा सीमित भएको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको वितरण योग्य नाफा रू. ३ करोड २४ लाख रहेको छ । 

चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा रू. ३ अर्ब ३६ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब ४६ करोड भन्दा बढी सञ्चित गरेको हो । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात १९ दशमलव ९५, तरलता अनुपात २० दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव २२ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्