ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्रीमा 

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८,काठमाडौं  । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको संस्थापक शेयर बवक्री गर्ने भएको छ  । कम्पनीले १ लाख २६ हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको हो  ।

उक्त शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर ७ गतेदेखि पौष १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्  ।

शेयरको न्युनतम मूल्य प्रतिशेयर रू.४९२ तोकिएकोले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ  । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्युनतम १ हजार कित्तादेखी सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्  ।विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्