ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकको नाफामा सामान्य वृद्धि, प्रतिशेयर आम्दानी रू.४२. १४

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आव २०७७/ ७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको उक्त कम्पनीको चालू आवको पहिलो त्रैमासका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । कोभिड–१९ को महामारीका कारण सृजित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिमा पनि कम्पनीले पहिलो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी रू. ४२ दशमलव १४ आर्जन गरेको छ ।

कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले मुनाफा वृद्धि गरी रू. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको स्व–पूँजीमा प्रतिफल २२ दशमलव ९६ प्रतिशत रहेको छ । 

कम्पनीको प्रथम त्रैमाससम्ममा कर्जातर्फ रू. २९.८ अर्बले वृद्धि भई कुल कर्जा रकम रू. २०३.६ अर्ब पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करीब रू.१२९ अर्बको कुल वृद्धिमा उक्त कम्पनीको २३ प्रतिशतको हिस्सा रहेको छ ।

साथै कम्पनीले स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू.३६ दशमलव शून्य ६ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २४४.८७ अर्ब पुर्‍याएको छ । साथै कम्पनीको  कुल निक्षेप रकममा व्यक्तिगत निक्षेपको हिस्सा ६४ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा समेत कम्पनीले कर्जा असुलीमा गत वर्ष अन्त्यमा शून्य दशमलव ७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई पहिलो त्रैमाससम्मा शून्य दशमलव ४० प्रतिशतमा झारेको छ । कम्पनीले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको बताएको छ । 

कम्पनीले आव २०७६/ ७७ को लागि हालसम्म आफ्नो लाभांश सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश मंसिर २१ गते हुने २३ औं वार्षिक साधारण सभाले स्वीकृत गर्ने प्रस्ताव रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्