ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३७ हजार २२

२०७७ कार्तिक, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । नेपालमा शुक्रवार थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६८ हजार १२९ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २०२ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ३ हजार ५३७ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ९३ हजार ८५० ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।  त्यसैगरी आईसोलेशनमा ३७ हजार २२ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । जसअनुसार काठमाडौं जिल्लामा ९१९जना, भक्तपुर जिल्लामा १०८  जना र ललितपुर जिल्लामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार संक्रमित पुष्टि हुनेमा ५२६ जना महिला र ६८१  जना पुरुष रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्