ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप बन्दाबन्दी थेग्न सक्दैनौं :  वायुसेवा सञ्चालक संघ      

२०७७ कार्तिक, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । वायु सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति प्रकट गरेको छ । विगत छ महीनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको संघले शुक्रवार विज्ञप्तिमार्फत बताएको हो ।     
 

‘केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । छ महीनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौं श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायुसेवा कम्पनी रू. ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु न्यायोचित हँुदैन’, विज्ञप्तिमा भनिएको छ ।     
     
 कोभिड–१९ महामारीको संक्रमणदर उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकैबीच भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो ।     
     
 सरकारले मंसिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै संघले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन शुरु भइसकेको बताएको छ ।     
     
 मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन पनि संघले माग गरेको छ । बन्दाबन्दीका बीचमा समेत संक्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै संघले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ ।     
     
 त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ ओटा वायु सेवा कम्पनीले उडान गर्दै आएका छन् । अन्तरराष्ट्रियतर्फ तीन ओटा नेपालीसहित ३० ओटा वायुसेवा कम्पनीले उडान गर्ने गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्