ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकको १४औं साधारण सभा मंसिर २० गते, ११% लाभांशको प्रस्ताव

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको वार्षिक साधारण सभा मंसिर २० गते हुने भएको छ । बैंकको कात्तिक २८ गते बसेको ३४७औं सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत उक्त वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हाल बैंकले १११ ओटा शाखा, ९९ ओटा ए.टि.एम. र १०४ ओटा शाखा रहित बैंकिङ एकाईहरुबाट करीब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्