ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी

२०७७ कार्तिक, २८  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २८, नयाँदिल्ली (भारत) । भारतमा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । 

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको संख्यामा पनि कमी आउन थालेको छ ।

सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना संक्रमित थपिएका छन् । 

यो सँगै भारतमा कुल संक्रमितको संख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका संक्रमणका कारण हालसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ । 

भारतमा हाल संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय संक्रमित अवस्थामै रहेका थिए । 

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्