ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३.६०% लाभांश पारित 

२०७७ कार्तिक, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २९, काठमाडौं । सानिमा बैंकले तिहार अघि नै प्रस्तावित १३ दशमलव ६० प्रतिशत लाभांश पारित गरेको छ । बैंकले शुक्रवार १६औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ६० प्रतिशत नगद लाभांश पारित गरेको हो । 

बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि कात्तिक १७ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा कात्तिक १६ गतेसम्मका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट उक्त लाभांश वितरण गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । बोनस पश्चात यो पूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १८ हजार पुग्नेछ । 

कोरोना संक्रमणका बिच बैंकले अम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट उपस्थिति गराई सभा सम्पन्न गरेको हो । 

सभाले यस बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति सम्बन्धी प्रकृया पूरा गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्