ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरीद गरिँदै 

२०७७ कार्तिक, २९  
समाचार
Image Not Found

कात्तिक २९, काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरीद गर्ने भएको छ । सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकोमा प्राप्त आवेदनमा मूल्यांकन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । 

उनका अनुसार विभागले दुई वर्ष पहिले करीब १० लाख कार्ड खरीद गरेपछि यो वर्ष खरीद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ । ठेक्का सम्झौता भएपछि तीन महीना भित्रमा कार्ड ल्याउने उनले बताए । 

अहिले खरीद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करीब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्