ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

म्याग्दीमा निर्माणाधीन सडक र मोटरेबल पुल अलपत्र

२०७७ कार्तिक, २९  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

कात्तिक २९, म्याग्दी । ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधीन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनु पर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन । 

गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन् । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो । 

पुल र सडक बनाउने ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्री सामान आपुर्तिकर्ता र मजदूरहरुलाई तिर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबिहिन भएपछि अलपत्र परेको स्थानीयबासीले गुनासो गरेका छन् । स्थानीय दिपक कार्कीले सम्बन्धित निकाय र आयोजनाको बेवास्ता तथा ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन नगरेकाले सडक र पुल अलपत्र परेको बताए । 

‘ठेक्काको म्याद गत असोज महीनामै सकिएको छ,’ उनले भने ‘कामको प्रगति हेर्दा अझै पनि सम्पन्न होला भन्ने आशा छैन् ।’ ४० मिटर लामो र ११ मिटर चौडाई भएको राहुघाटको मोटरेबल पुल बनाउन रू. छ करोड २४ लाख तीन हजार ८२५मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो । रू. चार करोड ८५ लाख दुई हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्र गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ । 

मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । पुलको पिल्लरलाई पुर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ । ठेकेदारलाई फर्काएर अुधरो पुल र सडकलाई पुर्णता दिन ताकेता गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सब–इञ्जिनियर गजेन्द्र राउतले बताए ।

समय हुँदा सम्म पर्याप्त मजदूर, उपकरण परिचालन र निर्माण सामग्री जुटाउन नसकेर ढिलासुस्ति गरेको ठेकेदारले कोरोनाको जोखिम, लकडाउन र सामाजिक समस्यालाई बाहना बनाएर काम गर्न आलटाल गरेको छ । 

दुवै योजनामा करीब एक वर्षदेखिनै ठेकेदारले काम गरेका छैनन् । मोटरेबल पुल बन्न ढिलाई भएका कारण गत असारको बाढीले राहुघाटमा बेलिब्रिज बगाउँदा ४५ दिनसम्म बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्