ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सातामा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको कारोबार, शेयरमूल्य १२५ ले बढ्यो 

२०७७ कार्तिक, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २९, काठमाडौं । नेपालको शेयरबजारमा उत्साहजनक कारोबार यो साता सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । 

यो साता रू. २० अर्ब २४ करोडभन्दा बढी शेयर कारोबार भएको छ । तिहार अघिको साता पाँच कारोबार दिनमा उक्त रकम बराबरको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो साता उक्त कम्पनीको रू. १ अर्ब ५७ करोड ५० लाख ३९ हजार बराबरको शेयर कारोबार भएको हो । 

आर्थिक वर्ष २०७५/७६ मा लाभांश वितरणमा रोक लगाएको उक्त कम्पनीले गत वर्षको मुनाफाबाट आकर्षक लाभांश दिने अपेक्षा लगानीकर्ताहरुको छ । यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२५ ले बढेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ८५८ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. ९८३ कायम भएको हो ।

यो साता सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीमध्ये दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी र तेस्रो नम्बरमा हिमालयन डिष्टिलरी रहेको छ । यो साता नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक रकमको कारोबार गर्ने चौथो नम्बरमा रहेको छ । 

वाणिज्य बैंकहरुमध्ये प्रभु बैंक र एनआईसी एशिया बैंकले सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र परेका छन् । यो साता नागरिक लगानी कोष र शिवम् सिमेण्टको पनि सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र आफ्नो स्थान बनाएका छन् । 

यो साता जलविद्युत क्षेत्रका दुई ओटा कम्पनी अपि पावर र अरुण काबेली पनि सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् । हाल ४७ प्रतिशत हकप्रद विक्री गरिरहेको अपि पावरको शेयर कारोबार पछिल्लो समय बढ्दै गएको छ भने अरुण काबेलीको शेयर खरीदमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । 

यो साता सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :

                                                                                                   स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्