ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा प्रभु बैंक लिमिटेडले कमायो ८९ करोडभन्दा बढी नाफा

२०७७ कार्तिक, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २९, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेको  छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले  सो अवधिमा रू.८९ करोड ९ लाख ६६ हजार खुद नाफा कमाएको छ । कम्पनीले गत वर्ष सोही अवधिमा रू.६२ करोड ८४ लाख ६७ हजार खुद नाफा कमाएको थियो ।

कम्पनीले गत वर्षको प्रथम त्रैमासको तुलनामा चालू आवको उक्त अवधिमा  ३५ दशमलव २५ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।असोज मसान्तसम्ममा कम्पनीको वितरणयोग्य नाफा रू.१७ करोड ५६ लाख २८ हजार रहेको छ ।

गत आवको यसै अवधिमा रू.५ करोड ५७ लाख वितरणयोग्य नाफा कमाएको कम्पनीले रू. ११ करोड ९८ लाख ले बढाएको हो । कम्पनीले निक्षेप संकलन र कर्जा लगानीमा पनि सुधार ल्याएको छ ।

कम्पनीले खराब कर्जा र कस्ट अफ फन्डलाई पनि घटाएको छ । चुक्तापुँजी भने गत वर्षकै यथावत रहेको छ । नाफा वृद्धि भएका कारण प्रतिशेयर आम्दानी रू. ४ दशमलव ६९ ले बढेर रू.३२ दशमलव ९६  पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्