ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२

२०७७ कार्तिक, २९  
समाचार
NA
author avatar अभियान संवाददाता

कात्तिक २९, काठमाडौं । नेपालमा शनिवार थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७० हजार ६३२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २१५ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ५०३ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख २ हजार ६०३ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार ५७ जना रहेका छन् ।  त्यसैगरी आईसोलेशनमा ३६ हजार ४५२ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्