ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अर्को वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : डोनाल्ड ट्रम्प

२०७७ कार्तिक, २९  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २९, वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महीनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । 

उनले आगामी अप्रिल महीनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेको समाचारमा जानकारी दिइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार एक कार्यक्रममा सो कुरा बताएका प्राप्त समाचारमा जानकारी दिइएको छ । उनले आफू हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिएका हुन् ।

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताएका थिए । त्यस कार्यक्रममा उनले भने ‘आगामी अप्रिल महीनासम्ममा सबै जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।

त्यसपछि यहाँका बृद्धबृद्धाहरु र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए । पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए ।

यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महीनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिएका छन् । निर्वाचनमा आफ्नो पराजयपछि शुक्रवार उनले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया नदिनुभएको बताइएको छ । रासस/एएनआई 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्