ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रथम त्रैमासमा सिभिल बैंकको खुद नाफा ३९.१८ % घट्यो, वितरण योग्य नाफा ऋणात्मक

२०७७ कार्तिक, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ३०, काठमाडौं । सिभिल बैंकको चालू आवको प्रथम त्रैमासमा खुद नाफामा गिरावट आएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त कम्पनीले रू.९ करोड ६६ लाख ७८ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३९ दशमलव १८ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले रू.१५ करोड ८९ लाख ५० हजार खुद नाफा गरेको थियो । यता, पहिलो त्रैमासको अन्त्यसम्ममा उक्त कम्पनीको वितरणयोग्य रू.१२ करोड ९९ लाख ७ हजार ऋणात्मक रहेको छ । 
 
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफा पनि घटेको छ । पहिलो त्रैमाससम्म खुद ब्याज आम्दानी १७ दशमलव ४६ प्रतिशतले घटेर रू.४९ करोड ७६ लाख ७५ हजारमा आएको छ ।

त्यसैगरी सञ्चालन नाफा पनि ३८ दशमलव ८२ प्रतिशतले घटेर रू.१३ करोड ८२ लाख ३१ हजारमा सीमित भएको छ । कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्म रू.६९ अर्ब ४० करोड १८ लाख निक्षेप संकलन गरी रू.५६ अर्ब ९२ करोड ७८ लाख  कर्जा लगानी गरेको छ । 
 
कम्पनीको चुक्तापूँजी रू.८ अर्ब ३३ लाख ९० हजार रहेको छ । सञ्चित कोषमा रू.१ अर्ब ६६ करोड १४ लाख ४९ हजार  रहेको छ । रिटेन्ड अर्निङ भने रू. ६९ करोड २१ लाख ७२ हजार रहेको छ । कम्पनीको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू.१ दशमलव २१ मा सीमित भएको छ । गत वर्षको यसै अवधिमा प्रतिशेयर आम्दानी रू.१ दशमलव ९९ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१२९ दशमलव ४१ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्