ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १ हजार ४७७ जनालाई कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३५ हजार १२५

२०७७ कार्तिक, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ३०, काठमाडौं । नेपालमा आइतवार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४३० जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २२१ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख ९ हजार ७९ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार २१ जना रहेका छन् ।  त्यसैगरी आईसोलेशनमा ३५ हजार १२५ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्