ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम तीव्र

२०७७ कार्तिक, ३०  
वाग्मती प्रदेश
Image Not Found

कात्तिक ३०, रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम  सामाजिक दूरी कायम गराई जारी राखिएको छ । विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो ।    

१११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५  मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले  जानकारी दिए । आयोजनाको निर्माणस्थलमा २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत  छन् । कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार भने ल्याउन नसकेको बताइन्छ  । 

सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भए तापनि कोरोना संक्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित भएको आयोजनाका प्राविधिकले जानकारी दिएका छन् ।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको कम्पनीले   भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत्गृहको पानी बाहिर पठाउने ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जानकारी दिइएको छ ।  

रू. १३ अर्ब ६४ करोडको लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्