ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दुधौलीमा डेरी उद्योग स्थापना

२०७७ कार्तिक, ३०  
वाग्मती प्रदेश
Image Not Found

कात्तिक ३०, सिन्धुली । वाग्मती प्रदेशका भूमि व्यवस्थापन एवम् कृषि सहकारी मन्त्री दावादोर्जे लामाले दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप दूध विक्री गर्दा प्रति लिटर दुई रुपैयाँका दरले अनुदान दिने तयारी अन्तिम चरण जानकारी दिएका छन्  । 

सिन्धुलीको दुधौली नगरपालिकामा आइतवार डेरी उद्योगको शुभारम्भ गर्दै उनले अनुदान कार्यक्रमले कृषकको जीवनस्तर माथि उठ्न सक्ने विश्वास व्यक्त गरे ।  मन्त्री लामाले प्रदेश सरकारले सर्लाहीको हरिहरपुरगढी गाउँपालिकामा ड्रागन फ्रुटको खेती गरिने पनि जानकारी दिए । 

उनले भने, ‘हामीले स्थलको अवलोकनसमेत गरेका छौँ, हरिहरपुरगढी गाउँपालिकामा ड्रागन फ्रुटको खेती गर्न सकिन्छ, यसका लागि बजेट विनियोजनसमेत भइसकेको छ ।’   

दुधौली नगरपालिका र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक एवम् प्राविधिक सहयोगमा त्रिशक्ति बहुउद्देश्यीय कृृषि सहकारी संस्थाले उक्त डेरी उद्योगको स्थापना गरेका हो । 

उद्योग स्थापनासँगै दुधौलीका किसानको दूध खेर जाने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्