ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लुक्ला विमानस्थल चाँडै स्थानिय सरकारलाई हस्तान्तरण गर्छौ : मन्त्री भट्टराई

२०७७ कार्तिक, ३०  
समाचार
Image Not Found
पर्यटन सूचना केन्द्रको उद्घाटन गर्दै मन्त्री भट्टराई

कात्तिक ३०, सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानिय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् ।

खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको आइतवार उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानिय सरकारको मागअनुसार कानूनी प्रक्रिया पूरा गरी चाँडै हस्तान्तरण गर्ने जानकारी दिएका हुन् ।  

मन्त्री भट्टराईले कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल भएका समयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गर्न आग्रह गरे ।

उनले खुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालयको व्यवस्थापन गर्ने तथा नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाइड र मजदूरलाई विशेष तालिम दिइने पनि घोषणा गरे ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले स्थानिय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । 

गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थलको स्तरोउन्नति तथा सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक छलफल गर्न आग्रह गरे ।

मन्त्रालयबाट प्राप्त  रू. तीन करोड ६३ लाखको बजेटबाट करीब चार महीना अगाडि निर्माण सम्पन भएको सूचना केन्द्र आइतवार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्