ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुक बिल्डिङ भनेको के हो ? (शेयर शिक्षा )

२०७७ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । धितोपत्र बजारमा बुक बिल्डिङ प्रणाली के हो भन्ने बारेमा सर्वसाधारण अन्योलमा रहेको पाइन्छ । गत असार महीनामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सम्वन्धि निर्देशिकाको मस्यौदामा राय सुझाव मागेको थियो ।

योसँगै कतिपय लगानीकर्ताले अब आईपीओे रू.१०० मा नपाइने भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी पनि गरेका थिए । आजको  श्रृंखलामा सर्वसाधारण लगानीकर्ता तथा पाठकलाई बिल्डिङ प्रणाली बारेमा जानकारी दिन गत असार १३ गते आर्थिक अभियान दैनिकको वेबसाइट तथा असार १४ गते आर्थिक अभियान दैनिकको प्रिन्ट शंस्करणमा प्रकाशित यो सामग्री सान्दर्भिक हुने ठानेर पुनः प्रकाशित गरेका छौं ।

वास्तवमा आईपीओमा बुक बिल्डिङ प्रक्रिया अपनाउनुको आशय नै प्रिमियममा आईपीओ जारी गर्ने हो । बुक बिल्डिङ भनेको एक प्रकारको लीलामी प्रक्रिया हो । 

यस प्रणालीमा कम्पनीले सार्वजिनक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित लीलामी गरिन्छ । र, त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्कासन गर्दा मूल्य निर्धारित गरिन्छ । मानौं, कुनै कम्पनीले १० लाख कित्ता शेयर आईपीओ जारी गर्न लागेको छ । 

कम्पनीले त्यसमा २ लाख कित्ता बुक बिल्डिङ प्रक्रिया मार्फत विक्री गर्न आह्वान गर्न सक्छ । यसमा सबैभन्दा बढी कुन मूल्यमा सबै ९२ लाख० कित्ता विक्री हुन सक्छ, त्यो हेरिन्छ र त्यही मूल्यमा आईपीओ जारी गरिन्छ ।बुक बिल्डिङ प्रक्रियामा अपनाइने लीलामी प्रक्रियालाई ‘डच अक्शन’ भनिन्छ ।

सामान्य लीलामीमा खरीदकर्ताले तिर्न चाहेको मूल्य र तिर्ने मूल्य एउटै हुन्छ कि त उसले खरीद गर्नै पाउँदैन । डच अक्शनमा भने केही खरीदकर्ताले साँच्चै तिर्ने मूल्य तिर्न चाहेको मूल्यभन्दा कम हुन्छ । लीलामीमा भाग लिनेको हकमा मात्र यस्तो हो । सर्वसाधारण खरीदकर्ताले तिर्ने मूल्य भने एउटै हुन्छ । 

 बुक बिल्डिङ प्रणाली कस्तो कम्पनीमा मात्र लागू हुन्छ ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनका लागि कम्पनी लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन भएको हुनुपर्छ । 

साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारणसभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । यी सबै मापदण्ड पूरा गरेर मात्र कम्पनीले बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्न सक्नेछ । 

सबै कम्पनीले यस्तो मापदण्ड पूरा गर्न सक्दैनन् । मापदण्ड पूरा गर्न नसक्ने कम्पनीले रू. १०० मै आईपीओ निष्कासन गर्छन् । 

बुक बिल्डिङ विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्तालाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ । 
यसरी शेयर लिने संस्थागत लगानीकर्ताले आईपीओ निष्कासन गरेको ६ महीनासम्म त्यो कम्पनीको शेयर खरीद विक्री गर्न पाउने छैनन् । 

यो विधि अन्तर्गत लीलामीमा भाग लिन धितोपत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचीकृत संघसंस्था, सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र मान्यताप्राप्त अवकाश कोष मात्र योग्य हुनेछन् ।  

बुक बिल्डिङ प्रणाली लागू भएपछि धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रका सूर्य नेपाल, सीजी फूड्स र डाबर नेपाल जस्ता उच्च नाफा भइरहेका कम्पनीलाई शेयर बजारमा आउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । उनीहरू नेटवर्थको उचित मूल्यमा शेयर विक्री गर्न सक्ने हुन्छन् । 

विकसित राष्ट्रहरूको शेयर बजारमा बुक बिल्डिङ प्रणाली नै प्रचलनमा छ । 

केहि अंश अद्यावधिक गरि पुनःप्रकाशित गरिएको
यो पनि पढ्नुस् :

बुक बिल्डिङ : मूल ढोका थुनेर तलामा निम्तो

धितोपत्र बोर्डले लागू गर्यो आईपीओ निष्कासनमा बुक बिल्डिङ विधि

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्