ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जे एण्ड जेको कोभिड–१९ खोप तेस्रो चरणमा परीक्षण गर्न सरकारले दियो अनुमति        

२०७७ मंसिर, १  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १, लन्डन ।फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सन(जे एण्ड जे) को सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोना भाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ ।     
     
करीब १२ महीना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करीब ६  हजार जना व्यक्तिलाई समावेश गर्ने बताएको छ ।  अध्ययनको नेतृत्व गरिरहेका डा साउल फाउस्टले जे एण्ड जेको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको  बताए ।

उनले खोप परीक्षणका लागि विश्वभरका छ देशका करीब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए । फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको बताएको थियो ।     
     
साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए ।     
     
फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए   । बेलायतमा जे एण्ड जेसहित ६ ओटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।   रासस/  एपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्