ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमणबाट १ हजार २३० जनाको मृत्यु पुष्टि, सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९

२०७७ मंसिर, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपालमा सोमवार थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमवारसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २३० जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख १३ हजार ९११ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १३ जना रहेका छन् ।  त्यसैगरी आईसोलेशनमा ३३ हजार ३७९ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्