ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–भारत सीमा नाका नखोलिए आन्दोलन गर्ने सर्लाहीवासीको चेतावनी

२०७७ मंसिर, १  
प्रदेश ०२
Image Not Found

मंसिर १, मलंगवा । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

सोमवार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले मंगवलवारदेखि आन्दोलन गरिने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलंगवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मंसिर २ र ३ गते ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको छ ।  

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, संघीय सभा, प्रदेशसभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ । 

सीमा नाका मंसिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप एक महीना बन्द गर्ने निर्णय गरेपछि आक्रोसित बनेका हुन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्