ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन : डब्लूएचओ

२०७७ मंसिर, १  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १, जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) प्रमुख टेड्रोस अधानम घेब्रेयससले सोमवार बताएका छन् । 

महामारीले कैयौ महीनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’ 

विश्व स्वास्थ्य संगठनको  शनिवारको तथ्यांक अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा संक्रमण पुष्टि भएको र यस पहिलेको संक्रमितको उच्चतम संख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रवार तोडिएको हो ।

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसंख्या रहनुपर्ने बताए । यसबाट संक्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

यसले कोभिड–१९ संक्रमण दरलाई अझै प्रभाबकारी रूपमा नियन्त्रण गर्न कठिनाई हुनसक्छ । अनुगमन र परीक्षण अझै बढाउँदै विरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्छ । रासस /एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्