ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो  त्रैमासमा बिद्युत् विक्रीबाट आम्दानी घट्दा बुटवल पावरको खुद नाफामा २५.२० % कमी

२०७७ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । बुटवल पावर कम्पनीको चालू आवको प्रथम त्रैमासमा खुद नाफामा गिरावट आएको छ ।  कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. ५ करोड १८ लाख खुद नाफा कमाएको छ ।

कम्पनीले कमाएको यो नाफाअघिल्लो वर्षको भन्दा २५ दशमलव २० प्रतिशतले  कमी हो । अघिल्लो वर्षेको सो अवधिमा कम्पनीले रू.६ करोड ९३ लाख नाफा कमाएको थियो ।वित्तीय विवरणमा उल्लेख भए अनुसार कम्पनीको नाफा बिद्युत् विक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घट्दा  खुद नाफा पनि घटेको हो ।

विद्युत् विक्रीबाट हुने आम्दानी रू.२० करोड ७७ लाखबाट घटेर रू.१९ करोडमा सीमित भएको छ । सञ्चालन नाफा पनि रू. ९ करोड ७ लाखबाट घटेर रू. ६ करोड ६१ लाखमा पुगेको छ । 
कम्पनीको चुक्तापूँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रहेको छ ।

कम्पनीको जगेडा कोषमा रू.४ अर्ब ३९ करोड  रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू.२६३ दशमलव ८३ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्