ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना भाइरसबाट डब्लूएचओका ६५ जना कर्मचारी संक्रमित     

२०७७ मंसिर, २  
अन्तरराष्ट्रिय
Image Not Found

 मंसिर  २, जेनेभा, स्विजरल्याण्ड । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।     
     
संगठनका अधिकारीहरुले सोमवार दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् ।     
     
उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित भएको बताइएको छ ।     
     
डब्लूएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका सवैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लूएचओले बताएको छ ।     
     
विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तरराष्ट्रिय संस्थाका कर्मचारी नै संक्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।     
     
जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल ५ करोड ४६ लाख ७८ हजार १५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ ।  रासस/ एएनआई  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्