ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सञ्चालन गर्दै

२०७७ मंसिर, २  
प्रदेश ०२
Image Not Found

मंसिर २, धनुषा । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच ओटा बस पनि खरीद गरिसकेको छ । 

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए । 

प्रतिबस रू. ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई ओटा, जनकपुर–राजविराज दुई ओटा तथा राजविराज–वीरगञ्जसम्म एउटा बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्