ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार ९८६

२०७७ मंसिर, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । नेपालमा मंगलवार थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २४७ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख १७ हजार २३ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार ३ जना रहेका छन् ।  त्यसैगरी आईसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

काठमाडौं जिल्लामा २८९ जना, भक्तपुर जिल्लामा १२ जना र ललितपुर जिल्लामा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।मंगलवार  उपत्याकाका संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्