ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विक्री नहुँदा २०३ मेट्रिक टन प्रशोधित कपास गोदाममै थन्कियो

२०७७ मंसिर, २  
प्रदेश ०५
Image Not Found

मंसिर २, बाँके । बाँके जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास ६ वर्षदेखि विक्री नहुँदा गोदाममा थन्किएको छ । 

समितिले कृषकबाट खरीद गरी प्रसोधन गरेर विक्रीका लागि तयारी अवस्थामा राखेको करीब रू. चार करोड मूल्य बराबरको कपास विक्री नभएपछि गोदाममै थन्किएको हो । 

पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरीद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । 

सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्