ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानोफीको कोरोना भाइरस विरोधी खोपलाई सुपरकूलिङ नचाहिने

२०७७ मंसिर, २  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर २, पेरिस (फ्रान्स) । फ्रान्सेली बहुराष्ट्रिय फर्मा कम्पनी सानोफीले विकास गरिरहेको कोरोना भाइरस विरोधी खोपलाई अति धेरै चिसो नचाहिने कम्पनीले बताएको छ । 

खोप राख्न सामान्य खालका रेफ्रिजिरेटर नै पर्याप्त हुने कम्पनीका प्रमुख कार्यकारी आलिभर बोगिलियाटले आइतबार बताएका हुन् । अमेरिकी फर्मा कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले आफूले विकास गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएपछि उनको यो प्रतिक्रिया आएको हो । 

फाइजरले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नु पर्दछ । यतिको सुपर कूलिङको व्यवस्था अधिकांश अस्पतालहरुमा हुँदैन ।

फाइजरको खोपलाई कारखानाबाट बिरामीको पाखुरासम्म पुर्‍याउनु पश्चिमी देशहरुको लागि समेत भयानक लजिष्टिक चुनौती हुने चेतावनी विज्ञहरुले दिइरहेका छन् । यद्यपि, सानोफीको खोप भने फ्लु विरोधी खोप जस्तै हुने र यसलाई सामान्य खालको रेफ्रिजिरेटरमा नै राख्न सकिने बोगिलियाटको भनाइ छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्