ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकामा नयाँ विदेशी विद्यार्थीको संख्यामा ४३ प्रतिशतको कमी 

२०७७ मंसिर, २  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर २, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा नयाँ विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी कमी आएको छ । कोरोना भाइरसको महामारीबीच कक्षा कोठामै गएर पढ्ने मात्रै नभएर गृह देशबाट अनलाइनमा पढ्ने विदेशी विद्यार्थीको संख्या घटेको हो । 

सन् २०२० को अगष्ट शुरु हुने फल सेमेष्टरमा नयाँ विद्यार्थीको संख्या ४३ प्रतिशतले घटेको ७०० उच्च शिक्षा क्याम्पसबाट संकलन गरिएको डेटाले देखाएको हो । यस क्रममा ९० प्रतिशत संस्थाहरुले फल सेमेष्टरमा अन्तरराष्ट्रिय विद्यार्थीको संख्या घटेको बताएका छन् । 

सो अवधिमा करीब ४० हजार विद्यार्थीले भर्तीमा ढिलाई गरेका छन् । अमेरिकामै भएका अनि अमेरिकाबाहिर रहेर अनलाइनबाट पढिरहेका नयाँ विद्यार्थी र अध्ययनरत कुल अन्तरराष्ट्रिय विद्यार्थीको संख्या १६ प्रतिशतले घटेको छ । अमेरिकामा मात्रै नभएर विश्वभरि नै संख्या घटेको पत्रकार सम्मेलनमा इन्ष्टिच्यूट अफ इन्टरनेशनल एजुकेशनका अध्यक्ष अलान गूडम्यानले बताए । 
यस अघि विदेशी विद्यार्थीको संख्या यसरी कहिले पनि नघटेको अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला विभागका ग्लोबल एजुकेशनल प्रोग्राम्स अफिसका निर्देशक एन्थोनी कोलिहाले बताए । यात्रा गर्न सुरक्षित भएपछि भने विद्यार्थीको संख्या बढ्ने उनको भनाइ छ । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्