ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करारबारे न्यायाधीशको पुस्तक

२०७७ मंसिर, ३  
१० वर्ष अघि
NA

सर्वोच्च अदालतका वर्तमान न्यायाधीश र त्यसअघि नेपालका सर्वाधिक चर्चित कर्पोरेट लयर भरतराज उप्रेतीको  नाम खोजपूर्ण कार्य गर्ने कानुन व्यवसायीका रूपमा परिचित छ । हालै उनले लेखेको कानुन पुस्तकको तेस्रो संस्करण   प्रकाशमा आएको छ । चार वर्षको अवधिमा तेस्रो संस्करण प्रकाशित हुनुले पुस्तकको महत्व  प्रकाश  पार्दछ ।

केही समयअघिदेखि नेपालमा करार गरेर रोजगारी लिनेदिने, घरजग्गा किनबेच, फ्ल्याट भाडामा दिने प्रचलन बढेको छ । तर त्यसबारे बलियो कानुनको अभाव रहेको छ ।  करार ऐन २०५६ मा कतिपय  कुराको अभाव छ । त्यो कहिलेकाहीँ  द्विअर्थी पनि हुने गरेको छ । व्यापार व्यवसायका क्षेत्रमा पटकपटक उठेका   केयौं विवादको  छिनोफानो हुन एउटा निश्चित टुंगोमा पुग्न पनि यसले असजिलो पारेको छ ।

वाणिज्य सम्बन्धमा अदालतलाई  कानुनले सहजकर्ता बनाएको छ । त्यहाँ पनि निर्णय लिने बखत ढिलासुस्ती हुने गरेको छ । यस्तो अवस्थामा  अदालतको भूमिका र कानुन बाधा फुकाउने  उपाय उपे्रतीद्वरा लिखित  करार कानुनले एउटा बाटो  देखाएको छ ।  लेखक उप्रेतीले मुख्यरूपमा  सेवाग्राहीलाई कसरी छिटोछरितो  सेवा उपलब्ध गराउने र अदालतमा     कायम ढिलासुस्ती तथा अवरुद्धतालाई कसरी फुकाउने भन्ने सन्दर्भ पुस्तकमा राम्ररी जोडेका छन् ।

प्रायः सबै खालका करारको सागोपांग वर्णन, अवधारणा, प्रचलित सिद्धान्त, त्यसको अपवादलगायतका विषय पुस्तकमा समेटिएका छन् । १९ अध्यायमा विभक्त यस पुस्तकको पहिलो अध्यायमा कानुनको सामान्य व्यवस्था तथा अवधारणा, परिचय, आवश्यकतालगायतको जानकारी दिइएको छ ।

वर्ष ५, अंक ३४, २०६७, वैशाख १३–१९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्