ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रामपुरमा पाल्पाकै ठूलो शीतभण्डार

२०७७ मंसिर, ३  
प्रदेश ०५
NA

पाल्पा । पाल्पामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्न ३ सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दै छ ।

कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब एक रोपनी क्षेत्रफलमा एकतले चार कोठासहितको शीतभण्डार भवन निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
रविना र अभिसा जेभी कन्स्ट्रक्सन प्रालिले संयुक्त रूपमा तीन करोड ५२ लाखको लागतमा ठेक्का लिई गत असार ५ गतेबाट निर्माण थालनी गरेको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ससर्त अनुदान सहयोगमा शीतभण्डार निर्माण सुरु भएको हो । रामपुरमा शीतभण्डार नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफूल, बिउबीजन भण्डारण गर्न भैरहवा, स्याङ्जालगायतका ठाउँमा लैजानुपर्ने बाध्यता छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्