ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाईटेड इदी मर्दीको आईपीओ आजदेखि विक्री खुला

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ आज (बुधवार) देखि खुला भएको छ । 

यसअघि सर्वसाधारणका लागि कात्तिक २७ गतेदेखि विक्री गर्ने भनिएकोमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनपछि कम्पनीले बुधवारदेखि विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । 

कम्पनीले स्थानियका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो । स्थानियमा करीब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ । कात्तिक १७ गते कम्पनीले स्थानिलाई कुल कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो । 

स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्नेछ । 

कुल कित्तामध्ये कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ । कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्याएको छ । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । 

केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । 

यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि बिधुत् उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्