ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा १०.८६ अंकले बढ्यो बजार, २ ओटा कम्पनीको शेयरमूल्य १०% ले वृद्धि (१२ बजेको अपडेट)

२०७७ मंसिर, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १० दशमलव ८६ अंकले बढेर १ हजार ७२९ दशमलव ३६ विन्दुमा पुगेको छ । 

१ हजार ७२१ दशमलव ६४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६३ प्रतिशत बढेको छ ।

पहिलो घण्टाको अवधिमा १७४ ओटा कम्पनीको ११ हजार ३१० पटकको कारोबारमा २८ लाख ६६ हजार २७२ कित्ता शेयरको रू. १ अर्ब २६ करोड ५८ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ र जलविद्युत समूहको परिसूचक शून्य दशमलव २ र शून्य दशमलव ६२ प्रतिशतले घटेको छ भने बाँकी व्यापार, विकास बैंक, होटल्स, जीवन बीमा, वित्त, निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्