ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मोरङ व्यापार संघद्वारा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको ध्यानाकर्षण

२०७७ मंसिर, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । मोरंग व्यापार संघको आयोजनामा मंगलवार उद्योगी व्यवसायीहरुको वर्तमान समसामयिक समस्याहरु बारे छलफल  तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले कोरोना महामारीको त्रासका कारण उद्योग व्यवसाय क्षेत्रमा देखा परेका विद्यमान अवस्था र समसामयिक समस्याहरु बारे मन्त्रीलाई अवगत गराएका थिए ।

उनले लकडाउनका कारण मुलुकमा अवस्थित खाद्यान्नलगायत अत्यावश्कीय वस्तु उत्पादक/ वितरक  केहि उद्योग÷व्यवसायहरु जेनतेन चलेता पनि होटल, एयरलाइन्सलगायत अन्य अधिकांश औद्योगिक/ व्यवसायिक प्रतिष्ठानहरु प्रभावित भई धसासायीसमेत भएको बताए ।

त्यस्तै कार्यक्रमका अर्का सभापति एवं उद्योग संगठन मोरङका अध्यक्षभीम घिमिरे सुनसरीको अमडुवामा अवस्थित खालीजग्गालाई औद्योगिक क्षेत्रको रुपमा प्रयोगमा ल्याउन, विराटनगरमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा निर्माण गरिने औद्योगिक प्रदर्शनी स्थलका लागि संघीय सरकारबाट बजेट विनियोजन  गर्न तथा भारतीय प्राविधिक तथा कामदार ल्याउन सरकारबाट सहजीकरण हुने अपेक्षा राखेको बताए ।

त्यसैगरी विराट व्यापार संघका अध्यक्ष सुजन थापाले स्थानीयबजारका करदाता व्यवसायीहरुको संरक्षणका लागि सीमावर्ति क्षेत्रमा हुने खुल्ला बजारलाई कडाई गर्नु पर्ने, वाणिज्य फर्म नविकरणमा विभागबाट लचकता अपनाइनु पर्ने आदि सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री एवं मोरंग व्यापार संघका पूर्व उपाध्यक्ष मोतीलाल दुगडले आगामी केहि दिन मै सीमावर्ति बजार र खुल्ला व्यापार बारे अध्ययनगर्न एक समिति गठन गर्ने बताए ।

उनले कम्पनी रजिष्ट्रारको कार्यालयका काम कारवाहीलाई सहजीकरण गर्ने पनि बताए । उनले उद्योगी तथा व्यवसायको माग बारे आफू जानकार रहेको बताउँदै त्यसका लागि पहल गर्ने बताए ।

कार्यक्रममा मोरंग व्यापार संघका निर्वतमान अध्यक्ष एवं पूर्व संविधान सभा सदस्य पवनकुमार सारडा, मोरंग व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतान, संघका पूर्व अध्यक्ष महेश कुमार जाजू, कपडा व्यवसायी संघका अध्यक्ष शम्भु कावरा लगायतले व्यापार व्यवसायमा परेको असरबारे आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्