ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो साधारण सभा आज हुँदै, ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आज बुधवार बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुँदैछ । 

कम्पनीले सभा अपरान्ह ४ बजे गर्ने जानकारी गराएको छ । कम्पनीले यस अघिको साधारण सभाबाट नै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेपनि निष्कासन कार्यले मूर्तरुप नलिएको हुनाले प्रस्ताव पारित गर्ने जानकारी गराएको छ  । 

सभाले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्