ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफा ९२ % बढ्यो

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफा ९२ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ९ करोड ७५ लाख  नाफा आर्जन गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. १८ करोड ७४ लाखभन्दा बढी पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४० करोड ६८ लाख विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.६२ करोड ३३ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू.५७ करोड ८४ लाखभन्दा बढी रहेको छ भने जगेडा कोषमा रू. ८६ करोड २७ लाख ३८ हजार सञ्चित रहेकोे छ । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू. १०१ दशमलव १९ रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. १२९ दशमलव ६३ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्