ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१७२२.४१ विन्दुमा नेप्से, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ मंसिर, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक १ हजार ७२२ दशमलव ४१ विन्दुमा पुगेको छ । यस अवधिमा नेप्से शून्य दशमलव २३ प्रतिशते बढेको हो । 

दोस्रो घण्टाको अवधिमा १८७ ओटा कम्पनीको रू. २ अर्ब २९ करोड ३३ लाख बराबरको खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९२७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ९१५ मा रू. १८ करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत, अन्य र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स, जीवन बीमा, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्