ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने बिहीवार अन्तिम दिन 

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवार बैंकिङ समयसम्म रहेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । 

उक्त हकप्रद शेयर २०७६ फागुन ३० गतेसम्म कायम शेयरधनीले आवेदन गर्न पाउनेछन् । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले सिद्धार्थ क्यापिटल अपि पावर कम्पनी ट्रेड टावर थापाथलीबाट आवेदन गर्न सक्नेछन् । 

साथै, धितोपत्र बोर्डबाट अस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरबाट आवेदन गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ७ लाख रहेको छ । हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेपछि उक्त पूँजी रू. १ अर्ब ७५ करोडभन्दा बढी पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्