ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना महामारीको असर होटलमा, पहिलो त्रैमासमा सोल्टी होटल ७ करोड ९३ लाखभन्दा बढी घाटामा 

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक क्षेत्र प्रभावित भइरहँदा नेपालको होटल क्षेत्रको आम्दानीमा पनि असार परेको छ ।

सोही कारण गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा सोल्टी होटलले रू. ७ करोड ९३ लाखभन्दा बढी घाटा व्यहोरेको छ ।  

कोरोना महामारीका कारण अहिले पूर्णरुपमा पर्यटन क्षेत्र बन्द छ, अन्तरराष्ट्रिय पर्यटक आवगमन पनि प्रतिबन्ध नै छ र होटलमा आन्तरिक पर्यटकहरुको आगमन पनि नभएकाले होटलको आम्दानीमा प्रभावित हुँदा उक्त कम्पनीले घाटा व्यहोरेको देखिन्छ । 

कम्पनीको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार रहेको छ भने जगेडा कोषमा रू. ७२ करोड ७८ लाख ८७ हजार सञ्चित रहेको छ ।  

चालू आवको पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको कुल आय समग्रमा ८३ दशमलव ७७ प्रतिशतले कमि आएको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । जसको कारण पूर्णतया कोरोना महामारीको कारणबाट परेको प्रतिकुल परिणाम हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्