ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुराँस लाइफ इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको साधारण सभा बिहीवार 

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स, ओरियण्टल होटल र माछापुच्छ्रे क्यापिटलको वार्षिक साधारण सभा बिहीवार हुँदैछ ।

गुराँस लाइफ इन्स्योरेन्सले ५ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव सहित विविध प्रस्ताव बिहीवार पारित गर्नेछ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु योग्य भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजारको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । 

हाल कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गरिसकेकाले उक्त हकप्रद पश्चात चुक्तापूँजी रू. १ अर्ब ८७ करोड ७० लाख ४० हजार कायम हुने भएकाले सो पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । 

साथै, उक्त बोनसमा लाग्ने कर बापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ । लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । सभा कम्पनीको प्रधान कार्यालय, तीनकुनेमा बिहान १०ः३० बजे शुरु हुनेछ ।

त्यस्तै, ओरियण्टल होटल लिमिटेडले कम्पनी रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ । सभाका लागि यो वर्ष कुनै पनि लाभांश प्रस्ताव गरिएको छैन ।

सभाले गत आर्थिक वर्ष २९७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

सभा प्रयोजनका लागि होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

बिहीवार नै माछापुच्छ्रे क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजे सभा आयोजना गर्दैछ । सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेको ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ । 

साथै, माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्जरको विषयमा भएको अन्तिम सहमतिलाई पनि पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्