ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ अर्बको कारोबार भएको बजारमा ६ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट)

२०७७ मंसिर, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव ८७ अंकले बढेर १ हजार ७३१ दशमलव ३६ विन्दुमा पुगेको छ ।

शून्य दशमलव ७५ प्रतिशतले बढेको बजारमा ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।  

यस अवधिमा १९३ ओटा कम्पनीको २९ हजार ९४७ कित्ता शेयरको रू. ३ अर्ब २४ करोड २४ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको तेस्रो घण्टामा गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, विशाल बजार कम्पनी र बोटलर्स नेपाल (तराई)को शेयरमूल्य ९ दशमलव ९९ र साल्ट ट्रेडिङ कर्पोरेशन र शिवम् सिमेन्टको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले  बढेको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ विकास बैंक र जलविद्युत समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स, जीवन बीमा, वित्त, निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९९६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ९३१ मा रू. २१ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्