ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेगा बैंकको १८ लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत 

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको अवितरित हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार सूचीकृत भएको छ 

कम्पनीको १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले तीन वर्षअघि ६५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर गत असोज ११ गतेदेखि १८ गतेसम्म लिलामीमा विक्री गरी कात्तिक ५ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारणतर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्