ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, सक्रिय संक्रमितको संख्या २८ हजार ८७८

२०७७ मंसिर, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नेपालमा बुधवार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार २५९ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६लाख २३ हजार ७५४ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ९१० जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा २८ हजार ८७८ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रायले बताएको छ ।ती मध्ये ४०३ जना महिला र ६३५ जना पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौं जिल्लामा ८२२ जना, भक्तपुर जिल्लामा ४८ जना र ललितपुर जिल्लामा १६८ जना  रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्